39 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

फिलिपिन्समा विमान दुर्घटना, सातको मृत्यु

मनिला, चैत ३ गते ।

फिलिपिन्समा एउटा सानो विमान दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।

प्लारिडेलबाट बुलाकान प्रान्ततर्फ जाँदै गर्दा शनिबार मध्यान्ह विमान दुर्घटनामा परेको अधिकारीले जनाएका छन् ।

फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणका एक जना उच्च अधिकारीले छ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार छ ओटा मात्र सिटे विमानमा रहेका र मृत्यु भएका मध्ये दुई जना विमान चालक रहेका थिए ।

विमान उड्न सुरु गरेको केही मिनेटपछि स्थानीय समयानुसार विहान ११.२१ मा दुर्घटना भएको अधिकारीले बताएका छन् ।

विमान आवासीय क्षेत्रमा दुर्घटना भएको थियो । घटनास्थलमा अनुसन्धानका लागि अधिकारी पुगेका छन् । (रासस/सिन्ह्वा)

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles