38.4 C
Mahendranagar
Tuesday, April 16, 2024
spot_img

हृदयघातबाट सुपरस्टार भारतीय अभिनेत्री श्रीदेवीको दुवईमा निधन

भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयघात भएर श्रीदेवीको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । सन् १९६३ अगस्ट १३ तारिखमा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले झण्डै चार वर्षकी हुँदै तमिल चलचित्र कंधन करुणईमा अभिनय गरेकी थिईन् । श्रीदेवीको ५४ बर्षको उमेरमा निधन भएको छ । फ्रेब्ररी २५ शनिवार राति ११:०० देखी ११:३० बीचको समयमा युएईमा हृदयघातबाट उनको निधन भएको जनाइएको छ । श्रीदेवी विवाह समारोहमा भाग लिन पति बोनी कपुर र कान्छी छोरीका साथ युएई गएकी थिइन् । श्रीदेवीको निधनको खबरले भारतीय फिल्मका नायक नायिका पनि स्तब्ध भएका छन् । बोनी कपुरकी दोश्री श्रीमती श्रीदेवीका जान्हवी र खुशी दुई छोरी छन् ।

भारतीय संचारमाध्यमहरका अनुसार उनले बाल कलाकारको रुपमा ‘मे तेलुगु’ र ‘मलयालम’ चलचित्रमा पनि अभिनय गरेकी थिइन् । उनले ३ सय भन्दा धेरै चलचित्रमा अभिनय गरेकी छिन् । श्रीदेवीले नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चालबाज लगायत दर्जनौ हिट चलचित्रमा अभिनय गरेकी छिन् । हिम्मतवालाको ‘नैनो में सपना’, मिस्टर इन्डियाको ‘हावा हवाइं’, नागिनाको ‘मै तेरी दुश्मन’, चाँदनीको ‘मेरे हाथो मैं नौ नौ चुडीयाँ’, आदि फिल्मी नृत्यमा श्रीदेवी निकै चर्चित छिन् ।

 चर्चित फिल्म निर्माता बोनी कपुरसँग विवाह गरेर फिल्म क्षेत्रबाट केही समय टाढा रहेकी श्रीदेवीले ‘इंग्लिश भिङ्गलिस’बाट सन् २०१२ मा पुन फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन् ।उक्त फिल्मले उनको लोकप्रियतालाई थप उचाइमा पुर्याएको थियो । उनको अन्तिम फिल्म मम २०१७ मा सार्वजनिक भएको थियो । त्यसमा उनले गरेको आमाको भूमिकाले निकै प्रशंसा पाएको थियो । उक्त चलचित्रबाट उनले उत्कृष्ट नायिकाको ‘जी सिने अवार्ड’ पनि प्राप्त गरेकी थिइन् ।‘रुप कि रानी’ उपनामले चर्चित श्रीदेवीको हिम्म्तावाला, सदमा, मिस्टर इन्डिया, नगिना, चाँदनी, चालबाज, लम्हे, गुमराह, खुदागवाह, जुदाई जस्ता दर्जनौं लोकप्रिय फिल्महरु छन् । श्रीदेवीको पहिलो हिन्दी फिल्म ‘सोलाह सावन’ सन् १९७९ मा सार्वजनिक भएको थियो । तर उनको लोकप्रियता सन् १९८३ मा आएको फिल्म ‘हिम्म्तावाला’ ले दिएको थियो । हिम्मतवाला पछि उनका धेरैजसो फिल्महरु हिट हुँदै गए । सन् १९८९ को फिल्म ‘चालवाज’ र सन् १९९१ को ‘लम्हे’ ले उनको क्यारिअरमा थप सफलता दिलाएको थियो । ती दुई फिल्ममा उनले सार्वाधिक प्रतिष्ठित अवार्ड ‘फिल्म फेयर अवार्ड’ जित्न सफल भएकी थिइन् ।

श्रीदेवीलार्इ भारतकी पहिलाे ‘महिला सुपरस्टार’ का रुपमा लिइन्छ । उनी चाएल्ड आर्टिस्टको रुपमा सन् १९७५ को ‘जुले’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी थिइन् । उनले १३ वर्षको उमेरमा मुन्द्रु मोदीक्षुमा एडल्टको भूमिकामा पहिलो पटक अभिनय गरेकी थिइन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित कयौंले उनको निधन प्रति दुखः ब्यक्त गरेका छन् । भारतीय चलचित्रकर्मीहरुले श्रीदेवीको निधनप्रति शोक व्यक्त गरेका छन् । भारतमा उनकाे निधनले सबैलार्इ स्तब्ध बनाएकाे छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles