36.5 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

भारतमा ‘ट्रम्प गाउँ’

असार १२, २०७४- भारतको नयाँदिल्लीबाट ८० किलोमिटर टाढा पर्ने एउटा गाउँको नाम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा राखिएको छ । हरियाणा प्रदेशको मेवात जिल्लामा पर्ने मारोरा भन्ने उक्त गाउँमा अधिकांश मुस्लिम समुदायको बस्ती छ ।

सुलभ इन्टरनेसनल नामक संस्थाले उक्त गाउँलाई खुला दिसामुक्त बनाउन सबैको ध्यानाकर्षण गराउने उद्देश्यले यस्तो नाम दिएको हो । संस्थाका संस्थापक विन्देश्वर पाठकले गाउँको नयाँ नाम राखिएपछि सरकारले ध्यान दिएर खानेपानी र सरसफाइको अवस्थालाई विश्वस्तरमा पु¥याउनुपर्ने बताएका छन् ।

१६५ घर रहेको उक्त गाउँमा अहिलेसम्म जम्मा २० मात्रै शौचालय छन् । पाठकले मारोरा गाउँलाई ट्रम्प गाउँ नामकरण गरिएको घोषणा हालै मात्रै वासिङ्टन डीसीमा भएको एक कार्यक्रममा गरेका थिए । ‘मैले त्यहाँको सरसफाइका बारेमा प्रस्तुति दिइरहेको थिएँ, त्यही बेलामा मेरो दिमागमा यस्तो उपाय आयो, यसलाई त्यहाँका जनताले राम्रै तरिकाले लिएका छन्,’ उनले भने ।

भारतमा यसरी अमेरिकी राष्ट्रपतिको नाममा गाउँको नाम राखेको यो पहिलो पटक भने होइन । नयाँदिल्लीसँग सीमा जोडिएको दौलतपुर नासिराबाद भन्ने अर्को गाउँलाई पनि यसअघि कार्टरपुरी नाम दिइएको थियो । उक्त गाउँमा अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरले सन् १९७८ मा भ्रमण गरेका थिए ।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles