40.4 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

मालदिभ्समा संकटकालको घोषणा भएसँगै प्रधानन्यायाधीश पक्राउ

गहिरिँदै राजनीतिक गतिरोध

काठमाडौँ — मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन अब्दुल गयूमले राजनीतिक संकट उत्पन्न भई विरोधीहरुले उनको राजिनामा माग गर्दै सडकमा ओर्लिएपछि १५ दिनकालागि संकटकाल घोषणा गरेका छन् ।

राष्ट्रपति गयूमले संकटकालको घोषणा गरेसँगै त्यहाँका सैनिकले प्रधानन्यायाधीश अब्दुल्ला सईद र अर्का एक न्यायाधीश अली हमिदलाई पक्राउ गरेको छ ।
मालदिभ्सको राजधानी मालेमा प्रतिपक्षी दलका नेता तथा कार्यकर्ता र राष्ट्रपतिका काम कारवाही प्रति असन्तुष्ट सर्वसाधारणले नेतृत्व परिवर्तनका लागि गर्दै आएको आन्दोलनलाई सोमबार पनि निरन्तरता दिएका थिए ।
राष्ट्रपतिले राष्ट्रलाई सम्बोधन गर्दै जारी प्रदर्शनबाट हुनसक्ने सम्भावित दुर्घटना जोगाउनका लागि संकटकाल लगाइएको बताएका छन् ।
प्रदर्शनकारी तथा प्रतिपक्षी दलले राष्ट्रप्रमुखको सर्वोच्च पदमा रहेका राष्ट्रपति यमिनले पुनरावेदन अदालतको राजनीतिक बन्दीहरुलाई थुनामुक्त गर्ने आदेशलाई नमानेका कारण सत्तामा बसिरहन अयोग्य भएको भन्दै प्रदर्शनलाई क्रमशः कडा बनाउँदै लगेका थिए । उनीहरूले राष्ट्रपति भ्रष्ट भएको तथा मानव अधिकार उल्लङ्घन गरेको आरोप लगाएका छन् । तर राष्ट्रपति यमिनले आरोपको खण्डन गर्दै आएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles