25.1 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

अब नेपालमा पनि ‘बिग बोस’, सुनिल थापा प्रस्तोता

काठमाडौँ, वैशाख ९ ।

बलिउडमा निकै चर्चित भएको रियालिटी शो ‘बिग बोस’ अब नेपालमा पनि आयोजना हुने भएको छ ।

बिग ब्रोदरको फम्र्याटमा सूत्र मोडलिङ एण्ड आर्ट कृयसन र एण्डिमोल साइन ग्रुप मिलेर बिग बोसलाई नेपाल ल्याउन लागेका हुन् । बिग बोस नेपाल नाम दिइएको कार्यक्रमलाई अभिनेता सुनिल थापाले होस्ट गर्नेछन् ।

कार्यक्रममा १२ सेलिब्रेटी र ८ जना सामान्य व्यक्तिको सहभागी गराइने बताइएको छ । यति बेला बिग बोस नेपालको अफिसियल पेजमा सहभागी हुने आवेदन फर्म खुलिसकेको छ ।

राष्ट्रिय टेलिभिजनमा प्रसारण हुने यो कार्यक्रम कहिले र कुन टेलिभिजन मार्फत प्रसारण गरिन्छ त्यो भने खुलाइएको छैन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles