39 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

आज दशैँको सातौं दिन: फूलपाती भित्र्याइँदै

काठमाडौँ, असोज २६ गते ।

असोज शुक्ल सप्तमीका दिन मङ्गलबार सनातन हिन्दु धर्मावलम्बीले घर–डेरामा फूलपाती भित्र्याइँदै छन् । केरा, दारिम, उखु र अदुवाको बोट, बेसार, बेलपत्र, अशोक र जयन्तीको फूल, असुरोको पातलाई नवपत्रिका मानेर फूलपाती भित्र्याउने प्रचलन छ ।

हनुमानढोका दरबारस्थित दशैँघरमा भित्र्याउने गरी धादिङको जीवनपुरबाट काठमाडौँको जमलमा फूलपाती ल्याउने टोली मङ्गलबार जीवनपुर गएको छ।

दशैं फूलपाती

नेपाली सेनाको शार्दूूलजङ्ग गुल्मका दुई जवान र हनुमानढोका दरबार हेरचाह अड्डाका चार जना जीवनपुर गएका छन् । विगतमा समरजङ्ग कम्पनीको टुकडी जीवनपुर जाने गरेकोमा कम्पनीको जिम्मेवारी शार्दूूलजङ्गमा सारिएकाले यसमा गुल्म सरिक हुन थालेको हनुमानढोका दरबार हेरचाह अड्डाका पर्वपूूजा संयोजक मीठाराम पुडासैनी बताउनुहुन्छ ।

बडा दशैँको शुभकामना IMAGES, WISHES

https://sudurnews.comnational/7142

गोरखाबाट मगर जातिले पैदलै जीवनपुर ल्याएको फूलपातीलाई जीवनपुरबाट जमल हुँदै हनुमानढोका दरबारस्थित दशैँघरमा भित्र्याउने प्रचलन छ । सरकारी अधिकारी र गुरु पुरोहितले आशागुर्जा कल्स्यौँडीसहित सिँगारिएको फूलपातीलाई जमलमा स्वागत गरेर दशैँघर भित्र्याउने तयारी भएको छ । दरबार हेरचाह अड्डा प्रमुख सन्दीप खनालका अनुसार दुर्लभ असुरोको पातसहितको यो यात्रा अति महत्वको छ ।

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles