31.6 C
Mahendranagar
Tuesday, March 19, 2024
spot_img

हनुमानढोकामा १०८ कन्या पूजा

काठमाडौंँ, असोज ७ ।

इन्द्रजात्रा तथा जीवित देवी कुमारीको रथयात्राको अवसरमा हनुमानढोकामा शनिवार १०८ कन्यापूजा गरिएको छ । इन्द्रजात्राको लिङ्गो उठाएपछि त्रयोदशीको दिनमा बर्सेनि हिन्दुधर्म सघंले कन्या पूजा आयोजना गर्दे आएको छ ।

पुजारी राजन महर्जनले कन्या पूजामा बेल विवाह नगरेका बालिकालाई सम्मिलित गराइएको जानकारी दिदै भन्नुभयो,‘ बालिकालाई यो पूजा गराएमा रोग निको हुने, दुःख कष्ट नआउने तथा निरोगी हुने जनविश्वास रहेको छ ।’

यसैगरी नेवार समाजमा प्रचलित कुमारी पुजालाई महाविर भजन मण्डल र कपाली परिवारद्वारा शनिवार कुपण्डोलमा पहिलो पटक सार्वजातीय सामूहिक कुमारी पुजा गरिएको छ ।

इन्द्रजात्राको अवसरमा आयोजित सामूहिक कन्यापुजामा नेवार, क्षत्री, व्राम्हण, थारु मधेसी, मगर, राई जातजातिका २ देखि ९ वर्ष सम्मका कन्याको सहभागिता थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles