26.7 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

आज इद उल फित्र मनाइँदै

काठमाडौं, असार २

इस्लाम धर्मावलम्बीले आज आफ्नो महान पर्व इद उल फित्र मनाउँदै छन् । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन मुसलमानले इद उल फित्र पर्व मनाउने गर्छन् ।

आज विशेष नमाज पढेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबाट आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आर्शीवाद दिने चलन छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने परम्परा छ ।

खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो। आज बिहान काठमाडौंको घण्टाघरमा रहेको जामे मस्जिदमा विशेष नमाज पाठ गरिनेछ ।

त्यसपछि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम शुरु हुन्छ । एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमानहरुले गएको जेठ ३ गतेदेखि रोजा अर्थात व्रत सुरु गरेका थिए । यसलाई रमजान पनि भनिन्छ ।

रमजान महिनामा मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएकाले यस महिनालाई पवित्र महिनाका रुपमा पनि लिने गरिन्छ ।

पर्वको मुख्य दिन आज मुसलमानहरुले इदगाहमा गएर सामूहिकरुपमा नमाज पढ्नुका साथै प्रार्थना गरेर एकापसमा शुभकामना एवं सटासाट गर्दछन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles