30.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

बैतडीमा पाँच सय बढी रांगाबोकाको बलि दिईयो

बैतडी,११ चैत-
बैतडीको विभिन्न शक्तिपिठहरुमा आज चैत्राष्टमीका दिन लाग्ने जात्रा सम्पन्न भएको छ । ती शक्तिपिठहरुमा बलिसहित पुजाआजा गरी जात्रा सम्पन्न भएको हो ।
देहीमाण्डौंमा रहेको प्रसिद्ध निंगलासैनी भगवती मन्दिर,दशरथचन्द नगरपालिकामा अवस्थित त्रिपुरा सुन्दरी मन्दिर , मेलौलीमा रहेको मेलौली भगवती मन्दिरमा बलिसहित जात्रा सम्पनन भएको हो ।

चैत्राष्टमी दिन लाग्ने मेलामा प्रदेश सातका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतीय दर्शनार्थीहरु आउने गर्दछन् ।

प्रसिद्ध निंगलासैनी भगवती मन्दिरमा २२५ रांगा र १०५ बोकाको बलि दिईएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यस्तै मेलौली भगवती मन्दिरमा ८० बोका र १०० रांगा ,त्रिपुरा सुन्दरी मन्दिरमा १० रांगा र २५ बोकाको बली दिईएको प्रहरीले जनाएको छ ।

यि मन्दिरहरुमा लाग्ने मेलामा असोज र चैतको महिनामा बली दिने चलन रही आएको छ । मन्दिरमा चैत्राष्टमीका अवसरमा लागेको मेला शान्तपूर्ण रुपमा सम्पन्न भएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

यस्तै रामनवमीको अवसरमा जिल्लाका विभिन्न स्थानमा रहेका राममन्दिरहरुमा पूजाआजा गरि रामनवमी पर्व मनाइएको छ । प्रत्येक बर्षको चैतमा हुने नवरात्रीमा शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा जारी रहेको स्थानीयहरुले बताएका छन् ।
बैतडीको देहीमाण्डौंमा रहेको प्रसिद्ध निंगलासैनी भगवती मन्दिर, त्रिपुरा सुन्दरी भगवती मन्दिर, मेलौली भगवती मन्दिर, डिलासैनी भगवती मन्दिरमा पूजाआजा सहित बलि दिने चलन समेत रही आएको छ ।

चैतको नवरात्रमा चोखोभोको रहेर शक्तिपीठहरुको पूजाआजा गर्ने चलन रही आएको निंगलासैनी भगवती मन्दिरका पूजारी देवदत्त भट्टले जानकारी दिनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles