36.8 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

बैतडीका शक्तिपीठमा भव्य जात्रा

बैतडी,११ चैत-
बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरमा चैतदशैंको अवसरमा जात्रा तथा मेला लागेको छ । प्रत्येक बर्षको चैतमा हुने नवरात्रीमा शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा जारी रहेको स्थानीयहरुले बताएका छन् ।

बैतडीको देहीमाण्डौंमा रहेको प्रसिद्ध निंगलासैनी भगवती मन्दिर, त्रिपुरा सुन्दरी भगवती मन्दिर, मेलौली भगवती मन्दिर, डिलासैनी भगवती मन्दिरमा पूजाआजा सहित बलि दिने चलन समेत रही आएको छ ।

चैतको नवरात्रमा चोखोभोको रहेर शक्तिपीठहरुको पूजाआजा गर्ने चलन रही आएको निंगलासैनी भगवती मन्दिरका पूजारी देवदत्त भट्टले जानकारी दिनुभयो । जिल्लाका शक्तिपीठ तथा मन्दिरमा भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । निंगलासैनी भगवती मन्दिरमा आज रांगा तथा बोकाको बली दिईने गरिन्छ ।

यहाँ बैतडी,डडेल्धुरा,दार्चुला र छिमेकी मुलुक भारतवाट समेत दर्शनार्थी आएका छन् । देहीमाण्डौंमा लाग्ने जात्रालाई भव्य रुपमा मनाउनका लागि मेला अवधिभर मदिरा निषेधित क्षेत्र घोषणा गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

जात्रामा कसैले मदिरा सेवन तथा विक्रि वितरण गरेको पाइएमा कानुनी कारवाही गरिने बताइएको छ । यसैबीच पुर्चाैंडी नगरपालिकाको मल्लादेहीमा रहेको डिलासैनी भगवती मन्दिरमा शनिवार जात्रा सम्पन्न भएको छ ।

चैत्राष्टमीका दिन रांगा र बोकाको बलि सहित मन्दिरमा जात्रा सम्पन्न भएको स्थानिय राजेश धामीले जानकारी दिनुभयो । डिलासैनी भगवती मन्दिरमा ३ रांगाको बलि दिइएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles