32.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

बैशाखमा खप्तड पद यात्रा र काव्य सम्मेलन हुने

धनगढी

पर्यटन प्रवद्धन गरी प्रदेश नम्वर ७ लाई आर्थीक समृद्धीको बाटो तर्फ लम्काउन आगमी बैशाखमा खप्तड पद यात्रा र काव्य सम्मेलन गरीने भएको छ । प्रदेश नम्बर ७ को प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा पद यात्रा तथा काव्य सम्मेलनको आयोजना गरीने भएको हो । नेपाली साहित्य तथा सस्कृति प्रतिष्ठान गोदावरीको आयोजनामा बैशाख अन्तिम साता खप्तड पद यात्रा र काब्य सम्मेलन हुने भएको हो ।

पद यात्रा र काव्य सम्मेलनले प्रदेश नम्बर ७ कोे आर्थिक मेरुदण्डको रुपमा रहेकोे धार्मिक र प्राकृतिक पर्यटनको सम्भावनालाई उजागर गर्ने आशा लिईएको छ । भूस्वर्गका रुपमा चिनिएको खप्तडको पदयात्रा कैलालीको पवित्र धार्मीक स्थल गोदावरीबाट सुरु हुने छ । गोदावरीदेखि गाडिमै सिलगढी सम्म पुगेपनि त्यहाँबाट भने पैदल हिड्दै झण्डै ५० जनाको टोली खप्तड पुगाउने लक्ष्य रहको आयोजक नेपाली साहित्य तथा सस्कृति प्रतिष्ठान गोदावरीका अध्यक्ष पदमराज जोशीले बताए ।

पदयात्रा र खप्तडमै हुने काब्य सम्मेलनमा नेपाल र भारतका पत्रकार, साहित्यकार र सस्कृतिकर्मीको सहभागिता रहने छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेपाली सेनाका अधिकारीलाई पनि पदयात्राको शुभारम्भका लागि निमन्त्रणा गरीनेछ । चार धाम यात्राको सम्भाव्यता अध्ययनका लागि गोदावरी, पर्शुराम, दिल्पेश्वर र वैद्यनाथको अवलोकन दर्शन गराइने छ भने उग्रतारा र अमरगढी किल्लाको समेत अवलोकन गराईने छ । पत्रकार, साहित्यकार र सस्कृतिकर्मीको सहभागितामा हुने पदयात्रा र काब्य सम्मेलनलाई सांस्कृतिक पुनर्जागरण आन्दोलनको रूपमा लिईएको छ ।

प्रदेश नम्वर ७ को समृद्धीको सबैभन्दा ठुलो आधार पर्यटन नै भएकाले पदयात्रा पछि पर्यटन प्रवद्धन हुने आशा गरीएको आयोजक नेपाली साहित्य तथा सस्कृति प्रतिष्ठान गोदावरीका अध्यक्ष जोशीले बताए । २ सय २५ वर्ग किलिोमिटरमा फैलिएको खप्तड प्राकृतिक सुन्दरताले भरिनुका साथै अध्यात्म, योग र ध्यान गर्न लायक गन्तव्यको रुपमा पनि लिइन्छ । जैविक विविधताले भरिएको खप्तडमा २२ वटा पाटन छन् भने सयौं थरी चरा, ३ सय ७२ प्रजातिका वनस्पति र १ सय ३० थरिका जडीबुटी समेत पाइन्छ । त्यसैले खप्तड पदयात्राले पर्यटन प्रवद्धन गरी प्रदेश नम्वर ७ लाई आर्थीक समृद्धीको बाटो तर्फ लम्काउने आशा गरीएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles