27.4 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

थारु समुदायमा माघी पर्वको चहलपहल शुरु

कैलाली, पुस २९ गते । कैलाली, कञ्चनपुरका थारु समुदायको प्रमुख चाडका रुपमा रहेको माघी पर्वको चहलपहल शुरु भएको छ ।

माघी पर्व नजिकिएसँगै यस क्षेत्रका थारु समुदायमा माघी पर्वको चहलपहल शुरु भएको हो । थारु समुदायमा नर्या वर्षको रुपमा धुमधामसँग मनाउने माघी पर्वमा मिठो मसिनो खाने, नयाँनयाँ लुगा लगाउने, आआफ्नो समूहका दौतरी साथीभाइसँग रमाउनेलगायतका विभिन्न नाचगान गर्ने चलन रहिआएको छ ।

पर्व मनाउनका लागि दुना, टपरी बनाउने, विभिन्न खाद्यान्न, मासुको जोहो गर्ने तथा अन्य विभिन्न कार्यक्रमको तयारीका लागि थारु समुदायका घरमूली जुटिसकेका छन् ।

विशेष गरी तीन दिनसम्म मनाइने यो पर्वमा विभिन्न थारु जातिको मौलिक पकवानजस्तै ढिक्री, अण्डिक भात, खुर्मा, घोंघी, गगेंटा, सुटही, मुसाको पकुवा, महुवक दारु, चामलको दारु, निघारलगायत विभिन्न खानाका परिकार खाने र खुवाउने चलन रहिआएको छ ।

माघी पर्वकै अवसर पारेर थारु समुदायले बितेको वर्षको समीक्षा र आगामी वर्षको योजना बनाउने गर्दछन् भने यसरी बितेको वर्षको समीक्षा र आगामी वर्षको योजना पारिवारिक तथा गाउँस्तरमै बनाइने चलन रहेको छ ।

पर्वकै अवसरमा कैलालीका विभिन्न स्थानमा माघी विशेष कार्यक्रम र माघी महोत्सव मेलाको पनि आयोजना गर्ने तयारी भइरहेको छ ।

कार्यक्रम र माघी महोत्सव मेलाको आकर्षणका रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, स्थानीय थारु नाचगानको प्रस्तुति जस्तै साखिया नाच, झुमा नाच, मघौटा नाच, लठ्ठी नाच, मुङग्रहुवा नाचलगायतका नाचको प्रस्तुति गर्ने परम्पपरा रहिआएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles