महानगरलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने

असार ३०, २०७४- काठमाडौं महानगरले आर्थिक वर्ष २०७४/२०७५ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार सुरु भएको महानगरको पहिलो नगर परिषदले महानगरलाई अन्तर्राष्ट्रिय स्तरको महानगर बनाउन आवश्यक पर्ने पूर्वाधार योजनाबद्ध रूपले विकास गरिने लक्ष्य रहेको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले घोषणा गरे । यसका लागि २३ बुँदे कार्ययोजना उनले सार्वजनिक गरे । राजधानी सहर रहेको काठमाडौं महानगरपालिकाको प्रतिष्ठा झल्कने स्वरूपको गौरव गर्न लायक केन्द्रीय कार्यालय भवन, त्यस्तै प्रकृतिका वडा कार्यालय भवन बनाउँदै तीन वर्षभित्रमा…

"महानगरलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने"

खानेकुरा किन्न दार्जीलिङवासी सीमामा

गोर्खाल्याण्डको माग राखेर गरिएको आम हड्तालका कारण भारतको पश्चिम बंगालको दार्जीलिङका वासिन्दाले खानेकुराको अभाव भोग्नु परिरहेको बताइएको छ। त्यहाँ खानेकुरा किन्न नपाएपछि घन्टौं हिँडेर पूर्वी नेपाल सीमावर्ती बजारहरु पुगी उनीहरुले दैनिक उपभोग्य बस्तु खरिद गरिरहेका छन्। नेपालका सीमावर्ती क्षेत्रमा त्यस्ता बस्तु किन्न आउने दार्जीलिङका वासिन्दाको संख्या दिनहुँ बढिरहेको छ। गोर्खाल्याण्डको माग राखेर दार्जीलिङमा गरिएको आम हड्ताल बिहिबार २९ दिन पुगेको छ। हड्तालका सुरुवाती दिनमा त्यहाँका सर्वसाधारणले संचय गरेर राखेको खानेकुरा उपभोग गरे। तर हड्ताल निरन्तर…

"खानेकुरा किन्न दार्जीलिङवासी सीमामा"

साइबेरियन बकुल्ला महोत्तरीमा

गौशाला, असार ३० गते  । महोत्तरी जिल्लाको गौशाला नगरपालिका क्षेत्रमा अहिले साइबेरियन बकुल्ला आउन थालेका छन् । वर्षेनी गर्मी र वर्षायाम शुरु भएसँगै महोत्तरीको गौशालामा हुलका हुल आएका साइबेरियन चराका कारण यतिखेर गौशाला बजार र वरपरका रुख सेता भएका देखिन्छन् । गर्मी र वर्षायामको शुरुवात भएसँगै आउने यो चरा जाडोको शुरुवातसगै पुनः साइबेरिया नै फर्कने गरेका छन् । गौशाला इलाका प्रहरी कार्यालय परिसर र त्यसका वरिपरि क्षेत्रमा रहेका रुखलाई आफ्नो वासस्थानका रुपमा प्रयोग गर्ने गरेको साइबेरियन…

"साइबेरियन बकुल्ला महोत्तरीमा"

‘हेर्दा हेर्दै बुहारी चढेको जीप खोलाले बगायो’

पाल्पा : ‘दाई जिप माडी फाँटको तिनाउ खोलामा फस्यो म श्रीमती सहित पाँच जना छौ चाडो आएर बचाउनुस’ जिप चालक शक्तिले आत्तिदै राती १२ बजेर ५४ मिनेटमा फोन गरेका थिए । तानसेन नगरपालिका वडा नं. १ का चालकका दाजु सम्पूर्ण श्रेष्ठले भन्नुभयो ‘मैले फटाफट प्रहरी प्रशासनमा फोन गरे,प्रहरी प्रशासनले घटनास्थल नजिकै रहेको प्रभास प्रहरी चौकीको नम्वर दिनुभयो र फोन गरे । मलाई उल्टै प्रहरीले थर्काउदै भन्नुभयो ‘पानी परेको बेला किन रातीमा गाडी चलाएको ?’ सत्य सेवा…

"‘हेर्दा हेर्दै बुहारी चढेको जीप खोलाले बगायो’"

१६ करोडको गाडी खरिदबारे संसदमा र्‍याखर्‍याखती

त्यत्रो महँगो गाडी किन्ने प्रस्ताव आएको छैन : प्रधानमन्त्री काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गर्ने प्रस्ताव नआएको बताउनुभएको छ ।व्यवस्थापिका-संसद्मा विनियोजन विधेयकका मन्त्रालयगत खर्च शीर्षकमा भएको छलफलका क्रममा यस विषयमा जवाफ माग भएपछि प्रधानमन्त्री देउवाले यसरी स्पष्ट पार्नुभएको हो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीसँग जवाफ माग गर्नुभएको थियो ।’राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गरिँदै छ भन्ने कुरा के हो ? ‘, सांसद सुवालले भन्नुभयो,’राष्ट्रपतिलाई १६…

"१६ करोडको गाडी खरिदबारे संसदमा र्‍याखर्‍याखती"

श्रीमतीको टाउको बोकेर प्रहरी कार्यालय पुगेपछि

नेपालगन्ज : बाँकेको कोहलपुरमा एक व्यक्तिले श्रीमतीको घाँटी रेटेर हत्या गरी टाउकोसहित प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । कोहलपुर-४ बेलनपुरका २९ वर्षीय अहमद अफताब बेडुवाले २५ वर्षीया श्रीमती फलसुन देवी बेडुवाको हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन । राति साढे १० बजेतिर अफताव श्रीमतीको टाउको साइकलमा राखेर इलाका प्रहरी कार्यालय पुगेका थिए । श्रीमती टाउको लिएर प्रहरी कार्यालय पुग्दा प्रहरी समेत तीनछक परे । अफतावले राति साढे ९ बजेतिर घरभन्दा तीन किलोमिटर टाढा बाटोमा लागेर…

"श्रीमतीको टाउको बोकेर प्रहरी कार्यालय पुगेपछि"