पृथ्वी राजमार्गको हुग्दी पुलबाट गाडी खस्यो, तीन जना घाइते

श्रावण १७, २०७४- काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ४७३८ नम्बरको मालवाहक डिब्बा गाडी धादिङको जोगिमारास्थित हुग्दीखोलाको पुलबाट मंगलबार बिहान खसेको छ । डिब्बा गाडी ना ५ त ९१५६ नम्बरको ट्याक्टरलाई ठक्कर दिएपछि हुग्दीखोला पुलबाट खोलामा खसेको हो । पुलबाट खसेपछि गाडी चालक र सहचालक दुवै सख्त घाइते भएका छन् । घाइते हुनेमा चालक सिन्धुपाल्चोकका प्रकाश श्रेष्ठ र सहचालक सिन्धुपल्चोककै दिलीप सापकोटा र ट्याक्टरमा सवार धादिङका निरज चेपाङ छन् । उनीहरुको स्थानीय स्वास्थ्य…

"पृथ्वी राजमार्गको हुग्दी पुलबाट गाडी खस्यो, तीन जना घाइते"

जिसस प्रमुखमा एमालेलाई पर्‍यो चिठ्ठा !

श्रावण १७, २०७४- निर्वाचनका लागि मत बराबर भएपछि जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा एमालेलाई चिठ्ठा परेको छ । कांग्रेस र एमालेबीच प्रमुखसहित चार सदस्य र उपप्रमुख सहित पाँच सदस्य पाउने लिखित सहमतिपछि सञ्चारकर्मीको रोहोवरमा गोला गरिएको थियो । मंगलबार हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि सर्वसम्मत मनोनयन दर्ता हुने भएको छ । एमालेबाट जिल्ला समन्वय समितिको प्रमुखमा देवेन्द्रबहादुर केसीले र महिला सदस्यमा बोमायाँ गर्वुजाले मनोनयन दर्ता गर्ने भएका छन । बाँकी दुई सदस्यमा एमालेको कोटाबाट…

"जिसस प्रमुखमा एमालेलाई पर्‍यो चिठ्ठा !"

पास भए जागिर, फेल भए उपदान, परीक्षा रोकिदैन

परीक्षामा अनुत्तीर्ण भएका अस्थायी शिक्षकहरुलाई उपदानको व्यवस्था गर्नका निम्ति शिक्षा ऐनमा संशोधन गर्ने पहल भइरहेको बताएको शिक्षा मन्त्रालयले स्थायी शिक्षकको परीक्षा भने रोक्न नसकिने जनाएको छ। आफ्ना मागहरुलाई शिक्षा ऐनमा संशोधन गरी समावेश नगरेसम्म शिक्षा मन्त्रालयले सञ्चालन गर्न लागेको स्थायी शिक्षक परिक्षामा भाग नलिने अडान लिंदै आएका हजारौं अस्थायी शिक्षकहरु अहिले आन्दोलनमा छन्। “पास भए जागिर, फेल भए उपदान” को व्यवस्था गरिनुपर्ने २६ हजारभन्दा बढी अस्थायी शिक्षकहरुको माग सम्बोधन गर्ने प्रयास शिक्षा मन्त्रालयले अघि बढाएको…

"पास भए जागिर, फेल भए उपदान, परीक्षा रोकिदैन"

प्रधानमन्त्री भारत जानु अघि चीनका उपप्रधानमन्त्री नेपालमा

काठमाडौ: प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानु भन्दा पहिले चीनका उपप्रधानमन्त्री वाङ याङ साउन ३० गते नेपाल भ्रमणमा आउने भएका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको निमन्त्रणामा याङ उच्चस्तरिय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउन लागेका हुन। नेपालका लागि चिनिया राजदूत यू होङले उपप्रधान तथा परराष्ट्रमन्त्री महरालाई आइतवार भेटेर उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरिय प्रतिनिधिमण्डलले साउन ३० गते नेपाल भ्रमण गर्न लागेको जानकारी गराएकी हुन । ६२ बर्षीय याङले प्रधानमन्त्री शेरबहादुर देउवा,प्रमुख प्रतिपक्षी दलका नेता…

"प्रधानमन्त्री भारत जानु अघि चीनका उपप्रधानमन्त्री नेपालमा"

मन्त्रिपरिषद् विस्तार, मन्त्रि हरु को नाली बेली

निर्वाचित भएको झण्डै डेढ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेसका १० र माओवादी केन्द्रका मन्त्री समावेश गरेर देउवाले सरकार विस्तार गरेका छन् । कस्ता छन नयाँ मन्त्री ? नेपाली कांग्रेस  मीन विश्वकर्माः विश्वकर्मा केन्द्रीय सदस्य एवं सांसद विश्वकर्मा भोजपुरका स्थायी बासिन्दा हुन् । तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्दा उनी प्रस्तावक थिए । वीरबहादुर बलायरः बलायर डोटी क्षेत्र नम्बर १ का सांसद हुन् । सुदुरपश्चिमका नेता बलायर देउवा पक्षीय…

"मन्त्रिपरिषद् विस्तार, मन्त्रि हरु को नाली बेली"

नेपालले मलेसियालाई ५ विकेटले हरायो

श्रावण ९, २०७४- नेपालले आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा सोमबार मलेसियालाई ५ विकेटले हराएको छ । सोमबार बिहान सिंगापुरको इन्डियन एसोसिएसन ग्राउन्डमा भएको खेलमा टस हारेर व्याटिङमा आएको मलेसियाले ३५.१ ओभरमा सैआ विकेट गुमाउँदै ८९ रन बनायो । जवाफी व्याटिङमा आएको नेपालले २२.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालका तर्फबाट सन्दीप लामिछानेले ७ विकेट लिए । …. खेल जारी छ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ । ….   नेपालले आईसीसी…

"नेपालले मलेसियालाई ५ विकेटले हरायो"