भरतपुर मेयरमा रेणु दाहाल बिजयी

चितवन । भरतपुर महानगरपालिकाको मतगणना सकिएको छ । प्राप्त अन्तिम नतिजा अनुसार नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको तर्फबाट संयुक्त उमेद्बार रेणु दाहाल बिजयी भएकी छिन् । यस्तै उपमेयरमा पनि कांग्रेस माओवादी गठबन्धनबाट कांग्रेसकी पार्वती शाह निर्वाचित भएकी छन् । निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ । उनले एमाले उमेद्बार देवी ज्ञवालीलाई २३५ मतान्तरले पराजित गरेकी हुन् । वैशाख ३१ गतेको पहिलो चरणको स्थानीय निर्वाचनमा मतगणना चलिरहँदा आफ्नो हार सुनिश्चित देखेपछि माओवादी…

"भरतपुर मेयरमा रेणु दाहाल बिजयी"

बैतडीमा दुईजना निरीक्षक निष्कासित

बैतडी : माध्यमिक शिक्षा (एसइइ) पूरक परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै बैतडीमा दुईजना निरीक्षकलाई निष्कासन गरिएको छ। परीक्षा अनुगमनका क्रममा परीक्षाको मर्यादा विपरीत काम गरेको पाइएकाले दशरथचन्द मावि सुन्दखाली केन्द्रबाट निरीक्षक धर्मानन्द जोशी र जगदम्बा मावि रानीबुंगा केन्द्रबाट निरीक्षक प्रेमराम महरलाई निष्कासन गरिएको जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए। उनले भने ‘परीक्षाको मर्यादा विपरीत कार्य गरेको पाइएकाले दुईजना निरीक्षकलाई निष्कासन गरेका छौं ।’ शनिवार अनिवार्य गणित बिषयको परीक्षा भएको थियो। परीक्षा…

"बैतडीमा दुईजना निरीक्षक निष्कासित"

नौ अर्बका दूरसञ्चार उपकरण भित्रिए

काठमाडौं : नेपालमा सञ्चालित विभिन्न दूरसञ्चार कम्पनीले गत वर्ष नौ अर्ब ४० करोड रुपैयाँका उपकरण खरिद गरेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले दिएको तथ्यांकअनुसार नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकसहितका इन्टरनेट सेवाप्रदायकले आव २०७३÷७४ मा मात्रै नेटवर्क विस्तार, प्रविधि तथा सेवाको गुुणस्तर सुुधार गर्न उक्त रकमबराबरका उपकरण खरिदका लागि अनुमति लिएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। उनले प्राधिकरणले सिफारिस नगरेसम्म टेलिकम सेवाप्रदायकले आवश्यक उपकरण ल्याउन नपाउने उल्लेख गरे। टेलिकम तथा इन्टरनेट सेवाप्रदायकले ल्याउने यस्ता…

"नौ अर्बका दूरसञ्चार उपकरण भित्रिए"

डा. केसीका मागबारे तीन नेता तीनतिर

श्रावण २१, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा शुक्रबार सिंहदरबारमा भएको तीन दलका शीर्ष नेता सम्मिलित बैठकले १२ दिनदेखि आमरण अनशनरत प्रा.डा. गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ । संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयक केसीको मागअनुसार संशोधन गरी पारित गर्नेबारे भएको छलफलमा सहमति नजुटेपछि नेताहरूले संयुक्त अपिलमार्फत अनशन फिर्ता लिने समझदारी गरेका थिए । बैठकमा प्रधानमन्त्री देउवाले डा. केदारभक्त माथेमा कार्यदलले दिएको प्रतिवेदनको भावनाअनुसार चिकित्सा शिक्षा विधेयक अघि बढाउन प्रस्ताव गरेकामा एमाले अध्यक्ष केपी…

"डा. केसीका मागबारे तीन नेता तीनतिर"

भरतपुर–१९ को मतगणना सकियो, मेयरमा देवी ज्ञवाली, वडामा कांग्रेसले प्यानलै

श्रावण २१, २०७४- भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना सकिएको छ । मत परिणमा अनुसार एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले २ सय २१ मतले अग्रता कायम गरेका छन् । अब वडा नं २० को मत गन्न बाँकी छ । २० नम्बर वडा गत वैशाख ३१ गते भएको चुनावमा ३ हजार ३०३ मत खसेको थियो । २८ सय ६४ मत गणना भइसक्दा ज्ञवालीले ४१ हजार ९४६ र उनलाई पछ्याइरहेकी माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार…

"भरतपुर–१९ को मतगणना सकियो, मेयरमा देवी ज्ञवाली, वडामा कांग्रेसले प्यानलै"

मन्त्रीकै अगाडी उपमहानगरका प्रमुख कुटिए

जनकपुरधाम : शहरी विकास तथा भवन निर्माण मन्त्री प्रभु साहसंगै विकास निर्माण कार्यको अनुगमनमा रहेका जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत स्थानीयद्वारा कुटिएका छन्। जनकपुर नगरक्षेत्रमा एडिबीको ऋण सहयोगमा संचालित एकिकृत विकास आयोजनाको स्थलगत अनुगमनको लागि मंगलबार विहानै विभिन्न सम्बन्धित कार्यालयका प्रमुखहरुसहित मन्त्री साह स्थानीय विद्यापति चोक पुगेका थिए। आयोजनाको काममा भईरहेको ढिलासुस्ती र ठेकेदारको लापरवाहीका विषयमा मन्त्री साहलाई नगरवासीले गुनासो गरेपछि अनुगमन गर्ने निधो गरिएको थियो। विद्यापति चोकमा निर्माण व्यवसायीले सडक निर्माणको क्रममा ठूलो खाल्डो खनेर जथाभावि…

"मन्त्रीकै अगाडी उपमहानगरका प्रमुख कुटिए"