धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड

प्रदेश नम्बर ७ को एक मात्र उपमहानगरपालिका धनगढीको शनिबार भएको प्रथम नगर अधिवेशनमा आर्थिक वर्ष २०७४/०७५ का लागि एक अर्ब १४ करोड ४१ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओडले उपमहानगरको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै आब २०७४/०७५ मा लाग्ने कुल एकीकृत सम्पत्ति करको रकममा १५ प्रतिशत छूट दिने व्यवस्था गरिएको जानकारी दिए । अहिलेसम्म धनगढी उपमहानगरले लिँदै आएको सम्पत्ति कर बढी भएको र अवैज्ञानिक रहेको जनगुनासो रहेको थियो…

"धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड"

पञ्चेश्वर प्रभावित क्षेत्रका भारतीय नागरिक आन्दोलित

नेपाल–भारत सीमा नदी महाकालीमा बन्न लागेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर (डिटेल प्रोजेक्ट रिपोर्ट)ले अन्याय गरेको भन्दै भारततर्फको प्रभावित क्षेत्रका नागरिक आन्दोलित भएका छन् । डिपिआरमा डुबान क्षेत्रका नागरिकको पुनस्र्थापनाबारे बेवास्ता गरिएको भन्दै भारतीय नागरिकले दुई महिनादेखि आन्दोलन गरिरहेका छन् । ०७२ सालमा बनेको डिपिआरबारे जानकारी पाएदेखि नै प्रभावित क्षेत्रका भारतीय नागरिक असन्तुष्ट थिए । वापकोस कम्पनीले तयार पारेको सो डिपिआर खारेज गर्न उनीहरूले माग गरेका छन् । प्रभावित गाउँ बौनकोट, पीपलतडा, तडिगांव, डाकुला, बलतडी, मनानीगाड,…

"पञ्चेश्वर प्रभावित क्षेत्रका भारतीय नागरिक आन्दोलित"

धनगढीका मेयरको अभियान : जति भोट तेती बोट

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले निर्वाचनमा प्राप्त गरेको मत संख्याबराबर बिरुवा रोप्ने घोषणा गरेका छन् । घोषणासँगै उनले शुक्रबारदेखि ‘भोटबराबर बोट’ अभियान पनि सुरु गरेका छन् । अभियानअन्तर्गत निर्वाचनमा पाएको १४ हजार ३ सय २४ मतजतिकै संख्यामा उपमहानगर क्षेत्रभित्र वृक्षरोपण गर्ने मेयर वडले बताए । धनगढी उपमहानगरपालिका–१३ स्थित कैलाली सामुदायिक वनमा शुक्रबार वृक्षरोपण गरेर उनले अभियानको सुरुवात गरेका छन् । धनगढीलाई हरियाली सहर बनाउने उद्देश्यले भोटबराबर बोट अभियान सुरु गरिएको उनले बताए । ‘निर्वाचन प्रचार…

"धनगढीका मेयरको अभियान : जति भोट तेती बोट"

झोलुङ्गे नहुँदा महाकालीमा जोखिमपूर्ण यात्रा

बैतडी । बैतडीका २ गाउँपालिकाका स्थानीय वासिन्दा वर्षात्को समयमा ज्यानको बाजी लगाएर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । पञ्चेश्वर र शिवनाथ गाउँपालिका वासिन्दा डुंगामा महाकाली नदी वारपार गर्ने गर्छन् । जिल्ला सदरमुकामबाट २ दिनको पैदल यात्रा र १ दिनको गाडीको यात्रा गरेर पुग्न सकिने २ गाउँपालिकाका सीमा नाका भारतसँग जोडिएका छन् । नेपालबाट सामान किन्दा महंगो र भाडा पनि बढी हुने भएकाले स्थानीयहरू दैनिक उपभोग्य सरसामान किन्न र औषधी उपचारको लागि पनि भारत नै…

"झोलुङ्गे नहुँदा महाकालीमा जोखिमपूर्ण यात्रा"

कर्मचारीद्वारा कार्यालयमै आत्महत्या

मलंगवा :  जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका खरिदार नविनकुमार चौधरी आइतबार बिहान कार्यालयमै झुण्डिर आत्महत्या गरेका छन् । सर्लाही बबरगंज २ बस्ने २८ वर्षीय चौधरी घाँटीमा पासो लगाएर आत्महत्या गरेको जिल्ला जन स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख हरिशचन्द्र साहले जानकारी दिए । सात महिना पहिले जागिर खाएका चौधरी कार्यालय बन्द रहेको अवस्थामा शनिबार राति कार्यालयको काम्पाउण्ड नाघि कार्यालयमा पसेका थिए । कोही नभएको अवस्थामा कार्यालयको भर्‍याङमाथि पासो लगाएर आत्महत्या गरेका हुन् । मृतक चौधरीको केही दिनदेखि डिप्रेशनको…

"कर्मचारीद्वारा कार्यालयमै आत्महत्या"

सप्तरीमा प्रहरी भ्यानमाथि बम आक्रमण

राजविराज : तराईमा उदाएको नयाँ सशस्त्र समूहले सप्तरीमा प्रहरी भ्यानलाई लक्षित गरी गएराति बम विष्फोट गराएको छ । गत साउन ४ गते अस्तित्वमा आएको प्रगतिशील तराई मुक्ति मोर्चाले इलाका प्रहरी कार्यालय कडरबोनाको भ्यानमा राति साढे नौ बजे बम विष्फोट गराएको जनाएको छ । सो समूहका संयोजक सिजनका अनुसार बम विष्फोटले भ्यान क्षतिग्रस्त भएको छ । इलाका प्रहरी कार्यालयबाट दुई किलोमिटर उत्तर–पश्चिमतर्फ रहेको श्रीपुर गाउँमा गस्ती गएको बेला भएको बम विष्फोटले बा.१ झ ७३९२ नम्बरको प्रहरी भ्यानको…

"सप्तरीमा प्रहरी भ्यानमाथि बम आक्रमण"