39.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

कञ्चनपुरको बेलौरीमा १२ वर्षीया बालिका बलात्कृत, ६ महिनाकी गर्भवती

जेष्ठ ९, २०७४- कञ्चनपुरको बेलौरी नगरपालिकामा एक १२ वर्षीया बालिका बलात्कृत भएको रहस्य झन्डै छ महिनापछि सार्वजनिक भएको छ । उनी गर्भवती रहेको प्रहरीले जनाएको छ ।

५ दिनअघि बालिकाले पेट दुख्यो भनेपछि स्थानीय स्वास्थ्य चौकी लगेका आफन्तले बालिका गर्भवती भएको थाहा पाएलगतै प्रहरीलाई खबर गरेका थिए । बलात्कारका आरोपी स्थानीय ४० वर्षीय राधे राना भने फरार रहेको इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए । राना थारू समुदायकी ती बालिकाका बुबा भारतमा काम गर्छन् । आमाको पनि मानसिक अवस्था ठीक छैन । यही मौका छोपेर राधेले बालिकामाथि पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको । तर, स्थानीयले गाउँमै मुद्दा मिलाउने भन्दै सहयोग नगरेका कारण आरोपीलाई समात्न नसकिएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए । उनले बालिकाकी माइजूलाई बोलाई केही दिनअघि जाहेरी दिन लगाएर अनुसन्धान सुरु गरिएको बताए ।

 

गाउमा सिविल मा प्रहरी पठाउदा पनि स्थानीय ले सहयोग नगरे पछि अभियुक्त लै हिरासत मा लिन गार्हो भएको छ।  अभियुक्त गाउ मै भएको र   निज को फोन पनि लागि रहेको कुरा पनि प्रहरी ले बताउनु भएको छ । स्थानीय जनता हरु ले घटना लै गाउ मै मिलाउन खोजेको तर लेन देन को कुरा मा कुरो नमिले पछि मात्रै घटना बाहिर आएको हो ।  सिविन नेपाल र ओरेक नेपालको टोलीले बालिकालाई सेफ हाउसमा लैजान खोजे पनि उनले राधेसँगै जाने अडान लिएको प्रहरी निरीक्षक भट्टले बताए । ‘बालिकालाई पूर्णरूपमा काउन्सिलिङ गरिएको छ,’ उनले भने, ‘त्यही पुरुषसँग जाने अडान लिइरहेकी छन् ।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles